प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिसकेकी छिन् । आइतबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको थियो । एक्कासी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीति अरिस्थरता तर्फ धकेलिएको छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरुको संवैधानिक थलो प्रतिनिधि सभा भंग भएको छ । विघटनपछि सदस्यहरु पदमुक्त भएका छन् । तर कतिपयले संसद पुर्नस्थापित हुने समेत अपेक्षा गरेका छन् । सर्वोच्चको निर्णय नआइसकेकोले यसै भन्न सकिने अवस्था पनि छैन । यसैविषयमा हामीले बाँकेस्थित राजनीतिक दलका प्रमुखहरुसँग संसद विघटनका बारेमा तपाईहरुको धारणा के छ भनेर सोधेका छौं । प्रस्तुत छ उनीहरुको धारणा ।
भिम प्रसाद देवकोटा (अध्यक्ष जनमोर्चा बाँके)
सरकारले गरेको संसद विघटन गलत कार्य हो । देशको राजनीतिक स्थिरता, व्यवस्थाको रक्षा र जनताको जनमतको कदर गर्नको लागि पनि यो हुने नै थियो । जनमोर्चाले पहिलेदेखि नै प्रधानमन्त्रीले संघीयताको रक्षा गर्दैनन् भन्ने नै थियो । त्यो आज पुष्टि भयो । मैले पनि बारम्बार केपी ओलीले यो व्यवस्था टिकाउन सक्दैनन् भन्दै आएको हो । अन्नत त्यो कुरा आज सत्य सावित भएको छ । हामीले पहिलेदेखि नै जनतालाई यस विषयमा सचेत गराउँदै आएको हो । यो ओलीमा आफू नै सर्वेसर्वा हुँ भन्ने भ्रमको उदाहरण हो । अब फरक राजनीतिक परिदृष्य बनेको छ । यसमा जनमोर्चाको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नै हामी अघि बढ्छांै । जिल्लामा पनि हामी सोही अनुसार अघि बढ्ने हो । समग्रमा भन्नु पर्दा यो अवस्था भनेको गम्भीर अवस्था हो ।









प्रतिक्रिया दिनुहोस्