संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ (फोटो फिचर)



काठमाडौं ।

संसद विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेको मानव अधिकार तथा शान्ति समाजको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।

सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार अघि पुगेका समाजका संस्थापक सभापति कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

पक्राउ पर्नेहरूमा मानव अधिकार तथा शान्त्रि समाजका संस्थापक सभापति पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का र तुलसीराम भण्डारी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार