अध्यक्ष नेकपा बाँके
यो पुरै असंवैधानिक कदम हो । कुनै पनि आधार विनाको कार्य हो । यसको लागि कसैलाई पनि संविधानले अधिकार दिएको छैन । केपी ओलीको बदमासपूर्ण व्यवहारको उपज हो ।
प्रधानमन्त्रीले जे गरे असाध्यै गलत कार्य गरे । उनले इतिहासमा आफ्नो निधारमा कालो धब्बा लगाए । अब केपी ओलीलाई कारबाही हुन्छ । उनलाई पार्टी फुटाउनु थियो । यो पार्टी फुटेको अनौपचारिक घोषणा समेत हो ।
यसलाई पार्टी फुट कै रुपमा हामीले हेरेका छांै । अब जनताले जनमत मार्फत केपी ओलीको कालो युगको अन्त्य गरिदिन्छन् । पार्टी समेत उनलाई कारबाही हुन्छ । पार्टीले कारबाही गर्छ ।
उनलाई पूर्व एमालेले साथ दिदैनन् । उनी मात्रै होइन हिजो राजतन्त्र हटाउन सडकमा आन्दोलन गरेका कुनै पनि पार्टीले उनलाई साथ दिदैनन् ।
अहिलेको नेकपाको आन्तरिक विरोध त पूर्व एमाले कै साथीहरुले गर्नु भएको छ । उनले आफ्नो इतिहास पनि सिध्याए ।
कम्युनिष्ट आन्दोलनमा समेत उनले कालो धब्बा लगाए । हिजो केशरजंग रायमाझीले समेत आन्दोलन माथि यति ठूलो कुठाराघात गरेका थिएनन् । जुन आज केपी ओलीले गरे ।
काँग्रेसले समेत यस कदमको विरोध गर्छ । सरकारको पछिल्लो कदमको विरोध त देशभर हुन्छ नै । बाँकेमा समेत यसको विरुद्धमा गतिविधिहरु हुन्छन् । जनवर्गीय संगठनहरुले विरोधका कार्यक्रम गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्