बाँकेको बैजनाथ गाउँपालिकामा भएको रक्तदान कार्यक्रम ३ सय ४५ पिन्ट रगत संकलन भएको छ । शुक्रबार राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा भएको रक्तदानमा ३ सय ४५ पिन्ट रगत संकलन भएको हो ।
‘रक्तदान जिवन दान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले जानकारी दिए ।
शुक्रबार भएको रक्तदान कार्यक्रममा नै जिल्लामै हालसम्म सबैभन्दा बढी रगत संकलन भएको बताइन्छ । रक्तदान कार्यक्रममा सबैभन्दा धेरै पटक रक्तदान गर्ने यस क्षेत्रका हेम कुमार रावत, उदिपबाबु रेग्मी, गोपी खनाल लगायतलाई सम्मान गरिएको थियो ।
कोरोना महामारीमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको बाँकेका संयोजक बस्यालल े जानकारी दिए । ‘कोरोना महामारीका कारण विगतको जस्तो रगत संकलन हुन सकेको छैन’ उनले भने, ‘यस्तो बेला केही भएपनि रगतको अभाव कम गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।’
आफुहरुले सोचेजस्तो गरेर रगतदान गर्ने युवाहरुको सहभागिता रहेको उनले बताए । सोही स्थानमा बुधबार मात्र मदन भण्डारी स्पोर्ट्स एकेडेमी बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १२ पिन्ट रगत मात्र संकलन भएको थियो ।
रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी) ले यूवाहरु सधैं असल कामको सम्वाहक हुनुपर्ने बताए । यूवाहरु देश निर्माणका साथै सामाजिक भूमिका निर्माणमा जुट्नु पर्नेमा समेत उनले जोड दिए ।
नेकपा बाँकेका सचिव अशोक कोईरालले कोरोना महामारीका समयमा रगत अभाव भईरहेका बेला यूवा संघले अत्यन्तै राम्रो काम गरेको भन्दै धन्यावाद दिए । संविधान सभाका सदस्य दल बहादुर सुनारले यूवाहरुले सामाजिक काममा साथ–साथै पार्टी भित्रका गलत प्रवृत्तिका विरुद्ध खबरदारी गर्नुपर्ने बताए ।
उनले नेकपा फुटाउन खोज्ने तत्वको खोजबिन गरी खवरदारी गर्न यूवाहरुलाई आग्रह समेत गरे । रक्तदान कार्यक्रममा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्