गर्भवतीको अपरेशनपछि मृत्यु



सुर्खेत ।

दैलेखकी १८ वर्षीया एक सुत्केरी र उनको नवजात शिशुको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी नारायण नगरपालिका–११ विन्ध्यावासिनीकी दीपा बिक र उनको नवजात शिशुको मृत्यु भएको हो ।

मंगलबार भगवतीमाई गाउँपालिका–२ स्थित माइतीको घरमा आँगनबाट लडेपछि उनलाई उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । उनलाई दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको दीपाका श्रीमान खड्क बिकले जानकारी दिए ।

बुधबार बिहान ७ बजे प्रदेश अस्पताल पु¥याइएकी दीपा बेहोस रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले जानकारी दिइन् ।

‘बिरामीलाई यहाँ पु¥याउँदा नै अचेत अवस्था थियो, उहाँलाई कृतिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखेका थियौं,’ उनले भनिन्, ‘भेन्टिलेटरमै हुँदा उहाँलाई सुत्केरी गराइएको थियो ।’

बुधबार बिहान साढे ११ बजे बच्चा निकालिएको उनले बताइन् । थापाका अनुसार पेटभित्रै मरिसकेको बच्चाको तौल २ किलो ८०० ग्राम थियो । बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भइसकेको उनले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ५ गते शुक्रबार