दाङका अर्का एक कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु



बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका अर्का एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान नेपालगन्जमा मृत्यु भएको हो ।

तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६, बरुवागाउँ दाङका ८१ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहिबार बिहान ३:३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
File Photo
कोरोनाको आशंकामा कात्तिक २८ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र सोही दिन आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपस्चात उनलाई उपचारका लागि २८ गते साँझ भेरी अस्पताल नेपालगन्जमा ल्याई भर्ना गरिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।

अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, सिप्याप, एन्टिबायोटिक्स लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान ३:३० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको कोभिड फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२ पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

आज बिहान मात्रै दाङ तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६ कै ५६ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ४ गते बिहीबार