मदन भण्डारी स्पोर्टस एकेडेमी बाँकेको अध्यक्षमा मिजार



कोहलपुर ।

बाँकेको कोहलपुरमा सोमबार सम्पन्न जिल्ला भेला मार्फत मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गरिएको छ । रमेश मिजारको अध्यक्षतामा ७१ सदस्सीय मदन भण्डारी स्पोर्टस एकेडेमी बाँके गठन गरिएको हो ।

जसको उपाध्यक्षमा डि.बी. तामाङ, अनिल थापा र धनबहादुुर विश्वकर्मा रहेका छन् । भेलाले एकेडेमीको सचिवमा वीरेन्द्र भण्डारी र कोषाध्यक्षमा धिरज बमलाई चयन गरेको छ ।

यस्तै सह सचिवहरुमा अनिश गुरुङ र लक्ष्मी बुढालाई चयन गरेको थियो । भेलाले ८ जना पदाधिकारीसहित कुल ७१ सदस्सीय जिल्ला कमिटि गठन गरेको अध्यक्ष मिजारले जानकारी दिए ।

यस्तै उक्त भेला मार्फत खेमराज शर्माको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको उनको भनाइ छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले खेलकुदका माध्यमबाट यूवाहरुलाई जागरुक बनाएर देशको सेवा गर्न प्रेरित गर्नको लागि एकेडेमी गठन गरिएको बताए ।

उनका अनुसार एकेडेमीले बाँके जिल्लामा रहेका प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउनको लागि सहयोग गरिनेछ ।

नवनिर्वाचित अध्यक्ष मिजारले समाज रुपान्तरणको लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै एकेडेमीले सक्रिय रुपमा काम गर्ने बताए ।

तत्कालिन एमालेका नेता मदन भण्डारीको नाममा स्थापना गरिएको फाउन्डेसन तथा एकेडेमीले देशभर विभिन्न गतिविधि गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २५ गते मंगलबार