सवारी दुर्घटनामा परेर कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी गम्भिर घाइते भएका छन् । सोमबार साँझ पाल्पाको तम्घासबाट पोखरा जाँदै गर्दा उनी कार दुर्घटनामा परेर गम्भिर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका, ३ आर्यभन्ज्याङको बेलौती डाँडामा बा १८ च ४३४१ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
सडकबाट कार ३ सय ५० मिटर तल खस्दा अध्यक्ष अधिकारी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४८ वर्षिय अध्यक्ष अधिकारीको टाउको र बायाँ आँखामा चोट लागेको छ ।
दुर्घटनामा परेर सोही कारमा सवार रोल्पा लिवाङ नगरपालिका ४ बस्ने रोल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ४५ वर्षिय किशोर आचार्य समेत घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
आचार्यको अवस्था खतरामुक्त भएपनि अध्यक्ष अधिकारीको अवस्था भने गम्भिर रहेको उपचारमा संग्लन चिकित्सकहरुले बताएका छन् । दुवै जनाको यो समाचार तयार पार्दासम्म लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको थियो ।
दुर्घटना भएको गाडीमा दुई जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै जना नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको प्रचारमा हिडेका थिए ।
केन्द्रिय सदस्य पदका उम्मेदवार दुवैजना पाल्पा र गुल्मी उद्योग बाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरि पोखरातर्फ जाँदै गर्न दुर्घटनामा परेका हुन् ।










प्रतिक्रिया दिनुहोस्