दाङको घोराहीवाट साढे ३ लाख रकमसहित ५ जुवाडे पक्राउ परेका छन्।
उनीहरूको नाम र ठेगाना खुलेको छैन।
घोराहीको मसिनाबाट गएराति ५ जुवाडे साढे ३ लाख बढी रकमसहित पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए।
‘मध्य रातमा रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ एक प्रहरीले अधिकारीले भने ‘ उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ।’
पक्राउ पर्नेसँग प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित मिति : २०७७ कात्तिक १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्