बाँकेका सिडिओ कुरुम्वाङलाई कोरोना पुष्टि



कोहलपुर ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कोरोना भाइरस पुष्टि भएको छ । उहाँले भाइरस संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

प्रजिअ कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएका कारण आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई संक्रमण देखिएको थियो । उहाँ क्वाटरमै आइसोलेसनमै बस्नु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ११ गते मंगलबार