बाँकेमा थप ३२ मा कोरोना पुष्टि, संक्रिय संक्रमित संख्या ५९० जना पुग्यो



बाँकेमा शनिबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३२ जना संक्रमित थपिएका हुन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठका १० महिला र २२ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना गरी शनिबार कुल ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ९७७ पुगेको छ । संक्रमितमध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ३५७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । जिल्लामा संक्रिय संक्रमितको संख्या ५९० जना रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ८ गते शनिबार