दशैंको टिकाको साईत बिहान १०ः१९ बजे उत्तम



कोहलपुर ।

यसवर्षको दशैंको टिकाको साईत बिहान १०ः१९ बजे उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाको साईत बिहान १० बजे १९ मिनेटमा उत्तम रहेको हो ।

यस पटकको दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएको छ ।

विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको छ । दिनभर पनि टिका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ८ गते शनिबार