कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (परीक्षा तालिकासहित)



कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।

कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ।

यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो।

 

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ५ गते बुधबार