मेडिकल कलेज कोहलपुरमा थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु



कोहलपुर ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृत्यु हुने संक्रमितमा नेपालगञ्ज उप–महानगरपालिका– ४ का ५२ वर्षिय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षिया महिला रहेकी छन् ।

दुवै जनाको बिहीबार बिहान मृत्यु भएको हो । यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार