टंकपसेरीबाट सशस्त्र प्रहरीद्धारा ६३ हजार बढीको अवैध सामान बरामद



नेपालगञ्ज ।

भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका १५ बाट विभिन्न सामानहरु बरामद गरेको छ ।

नेपाल भारत सीमाको दशजगा नजिकै टंकपसेरीबाट सशस्त्र प्रहरी ६३ हजार बढी मुल्यको अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माको नेतृत्वमा गएको गस्ती टोलीले ६३ हजार बढीको भन्सार छली गरेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएको विओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाले जानकारी दिए ।

शसस्त्रको गस्ती टोलीलाई देख्ने वित्तिकै तस्करहरुको समूह सामान छोडेर भारततर्फ भागेको थियो । बरामद गरिएको साम्रगीमा स्वीट सुपारी, बिडी, कमला पसन, रजनी गन्धा लगायतका सुर्तीजन्य साम्रगीहरु रहेका छन् ।

बरामद गरिएका समानहरुलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १३ गते मंगलबार