कोहलपुर ।
होटल व्यवसायी संघ बाँकेले दुई महिनाको घर भाडा छुटका लागि पहल गरिदिन कोहलपुर नगरपालिकालाई आग्रह गरेको छ । नगरप्रमुख लूट बहादुर रावतलाई आज ज्ञापन पत्र बुझाउँदै कोरोना कहरपछि लागु गरिएको लकडाउनका कारण व्यवसाय सञ्चालन नहुँदा समस्यामा परेकोले भाडामा रहेका होटल व्यवसायीहरुलाई दुई महिनाको घर भाडा छुटको लागि पहल गरिदिन नगरपालिकालाई आग्रह गरेको हो ।
यस्तै संघले स्थानीय सरकारले लिदै आइरहेको व्यवसायीक कर मिनाहा गरिदिन पनि आग्रह गरेको छ । आर्थिक वर्ष २०७६/०७७ र ०७७/२०७८ को व्यवसायीक कर मिनाहाका लागी नीतिगत रुपमै व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको संघका अध्यक्ष एकनारायण चापागाईले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्