मेचि महाकाली बुहारी सयुक्त आवाजद्वारा कोहलपुरमा दिप प्रज्वलन (फोटो फिचर)



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको मेचि महाकाली बुहारी सयुक्त आवाजले श्रदाञ्जली सभा तथा दिप प्रज्वलन गरेको छ । मंगलबार बलात्कारपछि हत्या भएकी रुपन्देहीकी १६ वर्षिय करुणा घर्तिप्रति श्रदाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको हो ।

श्रदाञ्जली सभा तथा दिप प्रज्वलनमा कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी थारुले महिला हिंसा तथा घरेलु हिंसा न्यूनिकरणका लागि कडा नियम र कानूनको आवश्यकता रहेको बताइन् । नेपालमा कानून त बनाइएका छन तर कतिपय कानून भने कार्यन्वयनमा निकै समस्या रहेको छ, जसका कारणले महिला हिंसाका घटना बढदै गएको छ, उनले भनीन् ।

यस्तै मेचि महाकाली बुहारी सयुक्त आवाजको जिल्ला संयोजक मिना सिग्देलले महिलामाथि हुने हिंसाका घटनालाई निमूल पार्नका लागि सबै महिला एकजुट हुन आवश्यक रहेको बताइन् । महिलाहरु सबै एकजुट हुनुपर्दछ उनले भनीन् तर नेपालमा महिलाहरु एकजुट भएको पाइएको छैन ।

जसका कारणले रुपन्देहीकी १६ वर्षिय करुणा घर्तिले अझै न्याय पाएकी छैन उनले थपिन् त्यसकारणले सबै महिलाहरु एकजुट भै अब घर्तिको घटना संग्लन व्यक्तिहरुलाई कारवाही गर्नेमा प्रहरीले लापरवाही गरेको छ । त्यसकारणले हाल मेचि महाकाली बुहारी संयुक्त आवाजको कानुनी साहायतामा पुनः अनुषन्धान भई रहेको अध्यक्ष सिग्देलले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ६ गते मंगलबार