शिवु खनाल, दाङ
जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकास कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङ प्रहरीले जनाएको छ ।
कुँवरको उपचारको क्रममा शुक्रवार बिहान ७ बजे लमहीमा मृत्यु भएको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्