मधूर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी क्षेत्रका यूवाहरुले कोरोना कहरका कारण समस्यामा परेकाहरुका लागि फुड बैंक सञ्चालन गरेका छन् । युवा सञ्जाल बाँसगढीको सहयोग तथा सममन्वयमा बिहिबारबाट फुड बैंक सञ्चालन गरिएको हो ।‘ हुनेले दिएर जाँऔ, नहुनेले आएर लैजाऔँ ’ भन्न मुल मर्मका साथ स्वयमसेवक अभियान सञ्चालन गरिएको युवा सञ्जालले जनाएको छ ।
संयोजक एकनारायण अधिकारीले लामो समयको कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सहज होस भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको बताए । उनका अनुसार यो कार्यक्रम नितान्त स्वयमसेवाका लागि हो । उनले अभियानको पहिलो दिन बाटामो हिडिरहेका बटुवाहरुलाई मास्क वितरण गरिएको बताए । ‘फुड बैंक देशका विभिन्न ठाउँमा सञ्चालन भइरहेको छ । यस्तो अभियानबाट धेरै भोकाहरुको पेट भरिएको छ । यस क्षेत्रमा समेत नागरिकहरुको अवस्था निकै दयनीय छ ।
त्यसैले फुड बैंक शुरु गरिएको हो । ’ उनले भने । यस्तै उनले समाज सेवा भएकोले आफूसँग भएका सामग्री स्वतस्र्फत रुपमा दिन सकिने बताए । कोरोनाका कारण रोजगारी गुमाएका, आर्थिक अवस्था नाजुक भएका तथा भोका व्यक्तिले निःशुल्क रुपमा खान पाउने व्यवस्था रहेको संयोजक अधिकारीको भनाइ छ । यो अभियान माग अनुसार चरण चरणमा सञ्चालन हुने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्