सुर्खेत ।
शुक्रबार कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा थप ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका तीन प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कर्णालीका ८ जिल्ला र अन्य प्रदेशका ५ जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको थियो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ संक्रमितमध्ये सुर्खेतका ९ जना, दैलेख र जुम्लाका तीन/तीन जना, बर्दियाका एकजना, कालिकोट र सल्यानका दुई/दुईजना, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, काठमाडौं, ताप्लेजुङ, ललितपुर र गुल्मीका एक÷एक जना रहेका छन् ।
योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २ हजार ७ सय ५५ जना पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । उनका अनुसार शुक्रबार मात्र थप १५ जना कोरोना जितेर घर फर्किएका थिए ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा हालसम्म कोरोनाको संक्रमण जितेर घर फर्किनेहरुको संख्या २ हजार ३ सय ७९ जना पुगेको छ । शुक्रबार रातीसम्म कर्णाली प्रदेशभर ३ सय ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
हालसम्म प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । प्रदेशका तीन हिमाली जिल्लाहरु कोरोना ‘फ्री’ भइसकेका छन् । कोरोना ‘फ्री’ हुने जिल्लाहरुमा हुम्ला, डोल्पा र मुगु जिल्ला रहेको महाशाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्