लमहीमा ‘केमिकल’ जस्तो मिसावट गरेको दूध फेला परेपछि



शिवु खनाल । दाङ ।

मिनरलवाटरको बोतलको माथि के.मि.कल. पाउडर जस्तो देखिने तैरिएको छ भने धमिलो पानी बोतलमा देख्न सकिन्छ । उक्त दुध खाने लायक फिटिक्कै छैन । बोतलमा पाउडर फ्रिज्मा राखिएको आइस जस्तै जमेको छ ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव (किसान) ले दुधमा के.मि.कल.मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

एक लिटरको मिनरलवाटरको बोतलमा फोहराका यादवले दुधमा के.मि.कल.मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सुरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,–। ‘मंगलवार विहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन विहान हेर्दा के.मि.कल. जस्तो देखिने बोतल माथि सेतो पाउडर तैरिएको र बोतलमा पानी मात्रै रहेको अवस्था फेला पर्याे ।’

दुधको बोतलमा माथि पट्टी के.मि.कल. जस्तो देखिने सेतो पाउडर तैरिएको सजिलै देख्न सकिन्छ ।

दुधमा के.मि.कल. मिसावट गरि स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई दुग्धको खाद्य गुणस्तर विभागले हेर्न आवश्यक रहेको स्थानीय समाजसेवी शसिराम नेपाली बताउनुभयो ।।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २४ गते बुधबार