काेहलपुर ।
कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले आह्वान गरेको बन्दाबन्दीको समयमा सहकारीबाट ऋण लिएका सदस्यहररुलाई ऋण तिर्न समस्या भएपछि बाँकेको एक सहकारीले व्याज मिनाहा गरेको छ । 
बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको नयाँ नेपाल जडिबुटीले सहकारीले कोभिडका कारण सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय ठप्प भएका सदस्यहरुलाई ३ महिनाको ब्याज मिनाहा गरिदिएको सहकारीका अध्यक्ष विजय काफ्लेले बताए ।
सहरकारीले कृषक,साना तथा मझौला व्यायारी तथा श्रमजिवि वर्गलाई लक्षित गर्दै सहकारी सञ्चालन गरेको हाे काफ्लेले भने यस परिस्थितीमा उहाँँहरुको समस्यालाई मध्यनजर गरी सहकारीले यस्तो निर्णय गरेको हो ।
ऋण लिइ १ बर्ष भन्दा बढी भाका नाघेका सदस्यहरुलाई तिन महिनाको ब्याज मिानाहा गरीदिएका छौ, यसले पनि उहाँहरुलाई केही राहत मिल्ले भएकोले सहकारीको वोर्डले यस्तो निर्णय गरेका उनले बताए ।









प्रतिक्रिया दिनुहोस्