जिप्रका बाँकेका २१ जना प्रहरीलाई एकैदिन कोरोना संक्रमण पुष्टि



जिल्ला प्रहरी कार्यालय बाँकेका २१ जना प्रहरीलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार दुई लटमा आएको पीसीआर रिपोर्ट अनुसार जिप्रका बाँकेका २१ जना प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालले जारी गरेको सूचना अनुसार पहिलो लटमा चार जना र दोस्रो लटमा १७ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

जिल्ला प्रहरीमा रहेका एक थुनुवालाई कोरोना देखिएपछि मुद्धा फाँटमा काम गर्ने एक प्रहरीलाई समेत कोरोना देखिएको थियो । त्यसपछि जाँच गर्दा अन्य प्रहरीलाई पनि कोरोना पुष्टि भएको हो ।

प्रहरीलाई तालिम केन्द्रमा आइसोलेसन बताएर राख्ने तयारी भएको स्रोतले जनाएको छ । उनीहरुलाई अन्य आइसोलेसनमा राख्नसक्ने समेत हुनसक्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १९ गते शुक्रबार