नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले ५ ग्राम ३ सय मिलिग्राम लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ सुनार मण्डीबाट सोही स्थान बस्ने ४६ वर्षिय साविर अलि सिद्दिकी, वडा नम्बर १५ भट्टीटोल बस्ने ३० वर्षिय सोनु खान र सोही स्थान बस्ने ३० वर्षिय इन्तियाज शेष रहेका छन् ।
लागूऔषधको कारोबार भइरहेको गोप्य सूचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुबाट लागूऔषध ब्राउनसुगर बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता एवम् नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका उनीहरुले प्लाष्टिकको १ र कागजको ५४ वटा पुडिया बनाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्