बाँकेका ११ जनाामा संक्रमण पुष्टि



कोहलपुर :

मंगलबार बाँकेमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा बाँके ११ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बर्दिया र सुर्खेतको गरेर ३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यो संगै बाँकेमा कोरोना पुष्टि हुनेको संख्या ७४५ पुगेको छ भने कोरोना संक्रमित मध्य ४ जनाको मृत्युु भैसकेको छ ।

त्यस्तै ४६८ जना डिस्चार्ज भैसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार