नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आइतबार मध्यरातीदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको निगमले जनाएको छ ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।
भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्