कोहलपुर :
बाँकेको जानकाी गाउँपालिका आइतबार राति देखि बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि भन्दै जानकारी गाउँपालिका पाँच दिन बन्द गर्ने निर्णय गरिएको हो ।
नेपालगन्ज स् बाँकेको जानकी गाउँपालिका आइतबार राती १२ बजे देखि गाउँपालिका क्षेत्रभित्र लकडाउन लागु गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीद्धारा जारी विज्ञप्तिमा आइतबार साउन ३२ गतेदेखी भाद्र ५ गते राती १२ बजे सम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
यो अवधिमा गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, गैरसरकारी कार्यालय, शैक्षिक संस्था, विद्यालय, हाटबजार पूर्ण रुपमा बन्द हुनेछन् ।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार










प्रतिक्रिया दिनुहोस्