कुल ५९ जना सहित बाँकेका २६ जनामा कोरोना पुष्टि



कोहलपुर :

बाँकेमा मंगलबार थपिएका २६ संक्रमितको विवरण सार्वजनिक गरिएको छ ।

भेरी अस्पतालले मगंलबार थपिएका नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेको हो ।

अस्पतालले सार्वजनिक गरेको विवरण अनुसार सबै भन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका १६, कोहलपुर नगरपालिकाका ४, जानकी गाउँपालिकाका १६   बाँके कै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा पत्ता लागेका नयाँ संक्रमित ५९ जना  मध्ये बाँकेका २६ जना छन् ।

भने  नेपाली सेनाको फिल्ड एरिया  दाङबाट संकलित स्थायी ठेगाना विभिन्न जिल्ला भएका २९, दाङका अन्य ३ र अछामका एक जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्ला दुई सातामा भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका संक्रमित  १हजार १ सय ६४  जनामा संक्रमण पुष्टि भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार