कोहलपुर ः
बाँकेको नेपालगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २५ जना पक्राउ परेका छन् ।
कोरोना कहरका कारण जारी निषेधाज्ञामा जथाभावि बाहिर निस्कने नागरिक पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहरीले नेपालगञ्जका विभिन्न क्षेत्रबाट २५ जनालाई पक्राउ गरी क्वारेन्टिनमा राखेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले निषेधाज्ञा उल्लघंन गर्नेलाई कारबाही गरिएको बताए ।
उनका अनुसार निषेधज्ञा कडा बनाउनको लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनले निषेधाज्ञाको पूर्णपालना गर्न समेत सबैलाई आग्रह गरेका छन् ।
बाँके प्रशासनले आगामी शनिबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्