बाँकेमा आइतबार देखि जारी निषेधाज्ञा शनिबार सम्म बढाएको छ । कोरोना संक्रमण समुदाय स्तरमै कोरोना फैलिएपछि गत आतबार मंगलबार सम्म निषेधाज्ञा लागु गरिएको थियो ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी शनिबारसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
उनका अनुसार समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले आईतबारदेखि जारी निषेधाज्ञा आगामी शनिबार रातीसम्म जारी रहने निर्णय गरेको हो ।
पछिल्लो ५ दिनमा ६२ जानामा कोरोना संक्रमण देखिएपछि बाँके प्रशासनले शनिबार रातीदेखि तीन दिनका लागि निषेधाज्ञा लगाएको थियो ।
प्रकाशित मिति : २०७७ साउन २० गते मंगलबार










प्रतिक्रिया दिनुहोस्