कोहलपुर ।
बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा राप्ती नदीले गरिरहेको कटानको अनुगमन गरिएको छ । भोजभगवानपुरमा राप्ती नदीले गरिरहेको कटानको अवस्था, त्यसले पार्न सक्ने थप क्षति र कटान नियन्त्रणका बारेमा सोमबार गाउँपालिकाले अनुगमन गरिेको हो ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायत लगायतको टोलीले सो क्षेत्रको बस्तुस्थितिबारे अनुगमन गरिेको हो । त्यस क्षेत्रमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट जनताको तटबन्ध कार्यक्रम मार्फत तारजालीको काम भएपनि पर्याप्त नरहेको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए ।
तारजाली गर्ने, बालुवा भरेर बोरा राखेर कटान नियन्त्रणको प्रयास गरिएपनि त्यो पर्याप्त नरहेको उनको भनाई छ । वडा नम्बर ५ र ६ को सीमानामा नदीले कटान सुरु गरिसकेकोले अब कटान नियन्त्रणका लागि गाउँपालिकाले ठोस कदम चाल्ने गाउँपालिका अध्यक्ष शाहले बताए । दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने समेत उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्