बाँके निकुञ्जका प्रमुख संरक्षण र सहायक संरक्षण अधिकृत अख्तियारको फन्दामा



कोहलपुर ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको रकम लिई कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले स्रोत नखुलेको रु. ३,४८,००० र बिभिन्न मितिको बैंक भौचर रु. ५,५०,०००।– गरी कुलजम्मा रु. ८,९८,००० (आठ लाख अन्ठानब्बे हजार) सहित सैनामैना नगरपालिका वडा नं। १० रुपन्देहीबाट नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १९ गते सोमबार