सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४ खोर्के खोलाको मुहान जिरो ड्याममा आन्तरिक पर्यटकहरुको आर्कषण बढ्न थालेको छ । उक्त ड्याम २०४५ सालमा खोर्के खोला सिचाइँ आयोजनाले वडामा रहेका खेत तथा तरकारी बारीमा सिचाईको लागि २० फिट जमिन खोनेर बाँध लगाएको थियो । बर्षायामको समयमा पानीको मात्रा धेरै भएर लगाइएको बाँध भन्दा माथिबाट छरिएर जाने हुँदा झट्ट हेर्दा झर्ना जस्तो देखिन्छ ।
स्थानीयहरु बिहान बिहानै मर्निङ्ग वाक गदैँ यस क्षेत्रमा पुगेर विश्राम गदैँ प्रकृतिको आनन्द लिने गर्दछन् । चारै तिर रमाइलो र हरियाली भैरव वनको वातावरण बीचमा कलकल बग्ने पानी त्यसैमा झरना जस्तो देखिने जिरो ड्याम खोर्के खोला र बासपानी खोला मिलेर बनेको छ । उक्त ड्यामको पश्चिमतिर शिवजीको मन्दिर छ । हरियो बगैचा, पार्किङ, शौचालय तथा पिपल पानी हाल्नको लागि उपयुक्त ठाउँको पनि निमार्ण कार्य भइरहेको छ । हाल कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक आउने गरेको स्थानीय रामलाल रेग्मीले बताए ।
उनका अनुसार उक्त जिरो ड्याममा दैनिकी पाँचसय देखी ६ सय आन्तरिक पर्यटक आउने आउने गरेका छन् । अहिले वीरेन्द्रनगर क्षेत्र आसपासका क्षेत्रका सथानीयहरुको समेत विशेषगरी बिहानको समयमा आवातजावत बाक्लो हुने गरेको छ । फोटो, टिकटक भिडियो, युटुब भिडियो खिच्नेहरुको भीड लाग्ने गरेको छ । पछिल्लो समय उक्त स्थान आन्तरिक तथा बाह्रय पर्यटकहरुको रोजाई बन्ने उनको भनाई छ । अझै पर्यटक आगमनको लागि उक्त क्षेत्रमा झुलुङ्गे पुलको आवश्यकता रहेको र पुलको लागि वडा कार्यालयमा माग गरेको अर्का स्थानिय राजेन्द्रदेव गिरी बताउँछन् ।
साथै वर्षायाममा पानीको केही सतह बढ्ने र बिशेष गरेर असारको अन्तिम महिनादेखि कार्तिक महिनासम्म मानिसको चहलपहल हुने गरेको उनले जानकारी दिए । जिरो ड्याम नजिकै १० औं राष्ट्रिय महिला खेलकुदको लागि सिर्जनशिल रङ्गशाला तथा बाहिर भागमा तारजाली समेत निमार्ण गरिएको छ । यता वीरेन्द्रनगर नगरपलिका वडा नम्बर ४ का वडाध्यक्ष निलकण्ठ खनालले जिरो ड्याम पर्यटकीय स्थलको लागि नभई वडामा रहेका खेत तथा तरकारी बारीमा सिचाईका लागि निर्माण गरिएको बताए ।
उनले भने ‘यो कुनै पर्यटकीय स्थलको लागि निर्माण भएको होइन वीरेन्द्रनगरका पायक पर्ने स्थानहरुको लागि खेत तथा तरकारी बालीको सिचाईको लागि बाँध लगाइएको हो । अहिलेको सामाजिक सञ्जाल फेसबुक, इनस्टाग्राम, टिकटक, युटुब भिडियोमा यस स्थानले चर्चा पायो ।’ वडाअध्यक्ष खनालका अनुसार कर्णाली प्रदेशको राजधानी निहाल्ने गोढिकाँडा जानको लागि बाटो पनि उक्त स्थानबाट भएकोले आन्तरिक पर्यटकहरुको रोजाइ बन्न पुगेको हो । प्रधानमन्त्री र मुख्यमन्त्री स्वरोजगार कार्यक्रमबाट आठ लाखको लागतमा उक्त जिरो ड्याम निर्माण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्