नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बिरामीमा कोरोना पुष्टि



नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका एक बिरामीमा कोरोना पुष्टि भएको छ । दैलेख घर भएका एक पुरुष बिरामीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

‘यहाँ उपचार गराइरहेका एक बिरामीमा सुर्खेतस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ’ उनले भने, ‘हिजो स्वाब दिएर नेपालगञ्ज मेडिकलमा उपचार गराउन आउनुभएको रहेछ ।’

सोमबार रातीमात्र संक्रमित बिरामीलाई खजुरास्थित आइसोलेसन सेन्टरमा लगिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ । बिरामीमा कोरोना पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजका बिरामी, बिरामीका कुरुवा, स्वास्थ्यकर्मी लगायत त्रसित बनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमबार