कोहलपुरमा अफिम सहित एक जना पक्राउ



कोहलपुर :

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ को गोलपार्क स्थित होटलबाट ठूलो परिणामको अफिम सहित एक जना पक्राउ परेका छन् ।

कोहलपुर ११ स्थित एल.वि.गेष्ठ हाउस एण्ड रेष्टुरेण्टबाट ४  किलो १ सय ७३ ग्राम अफिम सहित ती व्यक्ति पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कोहलपुर २ का ३२ वर्षीय भविलाल पुनलाई उक्त होटलको कोठामा अफिम सहित पक्राउ गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रबार