महिलाको सामूहिक बलात्कारपछि हत्या प्रकरण, ५ जनालाई जन्मकैदको फैसला



कोहलपुर ।

बाँके डुडुवाकी एक महिलाको सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । साविक कम्दी गाविस वडा नम्बर ७ मलेहपुर्वाकी शान्ति बुढालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको फैसला गरेको
हो । उनको २०७३ असोज १९ गते साँझ बलात्कारपछि हत्या गरेर फालिएको अवस्था शव फेला परेको थियो । स्थानीय मेडिकलमा औषधि लिन गएकी बुढालाई फर्किने क्रममा युवाहरुको समूहले अरहर बारीमा सामूहिक बलात्कार गरेर हत्या गरेका थिए ।

१८ गते घरबाट औषधी लिन निस्कीएकी उनको भोलीपल्ट बिहान नग्न अवस्थामा हत्या गरेर फालिएको अवस्थामा शवं बाटोमा पर्नेे अरहर बारीमा भेटिएको हो । घटनाको केही दिनमा नै जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गाउँमै लुकिछिपी बसेको अवस्थामा युवाहरुलाई पक्राउ गरेको थियो ।

सामूहिक बलात्कारको घटनामा संग्लन रहेको भन्दै गत ३२ जेठमा जिल्ला न्यायाधीश मनकुमारी जीएम विकको इजलासले साविक कम्दी गाविस–६ मलेहपुरुवाका ३५ वर्षका पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षका झलारीप्रसाद वर्मालाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।

बुढाको सामूहिक बलात्कारपछि हत्या दशैको केही दिनअघि मात्र भएको थियो । हत्या गरिएकी बुढाका आफन्तहरुले ढिलै भएपछि आफुहरुले न्याय पाएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २४ गते बुधबार