कोहलपुर :
बाँकेको राप्तीसोनारी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विद्यालय पोसाक वितरण गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाको १ देखि ९ नम्बर वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच खुना, दलित,कमलरी, अति विपन्न तथा बादी समुदायका जेहेन्दार विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको थियो ।
उक्त समुदायका ४८ जना छात्रा र ३२ जना छात्र गरि कुल ८० जनालाई शैक्षिक तथा विद्यालय पोसाक वितरण गरिएको दलित सेवा संघ बाँकेले जनाएको छ । अध्यक्ष कृष्ण बहादुर विकका अनुसार उनीहरुलाई प्रति विद्यार्थी कापी, डटपेन, झोला, तयारी पोसाक, मोजा र जुत्ता वितरण गरिएको हो ।
आर्थिक समस्याका कारण पठनपानठनमा समस्या भएका तथा आर्थिक अवस्था नाजुक भएकाक समुदायका विद्यार्थीलाई उक्त सहयोग हस्तान्त्रण गरिएको उनले जानकारी दिए ।‘ अहिले कोरोनाका कारण विद्यालय बन्द छन् । विद्यार्थी पनि घर बसिरहेका छन् । पछि विद्यालय लागेपछि सजिलो होस भ्नने उद्देश्यले हामीले उनीहरुलाई सहयोग गरेका हौ । ’ अध्यक्ष विकले भने ।
राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग र दलित सेवा संघ बाँकेको आयोजनामा झोला, विद्यालय पोसाक सहयोग कार्यक्रमको आयोजना गरि सहयोग गरिएको उनको भनाई उनको भनाई छ ।
सहयोग वितरण कार्यक्रमका प्रमुख अथिति समेत रहेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकामा रहेका विपन्न समुदायकाक विद्यार्थीहरुलाई निःशुल्क सहयोग गर्नु राम्रो काम भएको प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार शैक्षिक क्षेत्रको विकासको लागि उक्त सहयोगले निकै सहयोग गर्ने उनले बताए । उक्त अवसरमा स्वागत मन्तव्यसँगै कार्यक्रम माथि प्रकाश तोजिन्द्र विकले पारेका थिए । पोसाक वितरण कार्यक्रम सञ्चालन दलित सेवा संघ बाँकेका सचिव दयाराम सुनारले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेत लगायतको उपस्थिति थियो ।










प्रतिक्रिया दिनुहोस्