‘हड्डी पाक्ने’रोगसँग लड्दैँ बालक, आर्थिक सहयोगको लागि अपिल



सुर्खेत ।

भेरी किनाराको छेउँमा सानो काठको झुपडी छ । नदि किनारामा रहेको एैलानी जग्गामा बस्दै आएको छ, विपन्न परिवार । आर्थिक, पारिवारिक तथा दयनीय रहेको बालुवा चालेर जिविकोपार्जन गर्छन् । उनीहरु बस्ने सुर्खेतको पञ्चपुरी नगरपालिका–१० मा पर्छ । उनीहरुको प्रमुख आम्दानीको स्रोत एैलानी जग्गामा खेतीपाती गर्ने र बालुवा चाल्ने हो ।

१२ महिना पसिना बगाएपनि उनीहरुलाई मुस्किलले दुई महिना पनि राम्रोसँग खान पुग्दैन । दुःखजिलो गरेर बसिरहेका मध्ये एक हो, चन्द्र राजीको परिवार । एक्कासी राजीको बुवाको मृत्युपछि परिवारको बिचल्ली नै भएको छ । अहिले चन्द्र सहित बुढी आमा, एक बहिनी र दाजुभाई बस्दै आएका छन् । परिवारको आम्दानीको स्रोतका रुपमा रहेका बुवाको मृत्युको घाउ सुक्न नपाउँदै राजी परिवारमा ठुलै बज्रपात प¥यो । राजी परिवारका कान्छा छोराका रुपमा रहेका १५ वर्षीय चन्द्र अशक्त भए । दुवै खुट्टा चल्न छाडे । नदि र जगंलको छेउमा सर्पले टोक्यो होला भनेर परिवारले औषधि गरे ।

जडिबुटिको औषधि गरे । धामीसँग झारफुक गरे । ज्योतिष हेराए । केही गरेपनि भाईको समस्या समाधान हुन नसकेको दाजु पदम राजी बताउँछन् । उनी भन्छन्, ‘बुबाको अनुहार पनि देख्न पाएन । उ जन्मिएको एक वर्षमा बुवा बित्नु भयो । भाईको अवस्था यस्तो बिजोग छ ।’ उनका अनुसार आमा पनि कान्छो छोराको पीरमा रुदाँरुदाँ थाकिसकिन् । उनले अहिले त सामान्य हिडडुल गर्न नसक्ने जानकारी दिए । भाईको उपचारको लागि उनी अहिले प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रहेका छन् । प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि उपचार भइरहेको छ ।

चन्द्रलाई सेप्सिस सेकेन्डरी टु एक्टिव ओस्टओेमाईटिस (हड्डी पाक्ने) रोग भएको भएको अस्पतालमा आएपछि मात्रै थाहा भएको पदमले बताए । उनी डाक्टरको प्रत्यक्ष निगरानीमा छन् । लकडाउनका कारण सवारी नचलेका कारण आठ घण्टा बोकेर अस्पताल पु¥याइएको उनको भनाई छ । प्रदेश अस्पताल सुर्खेतका हार्डजोर्नी विशेषज्ञ डाक्टर रुपक कँडेलका अनुसार यो रोगको संक्रमण मानिसमा देखा पर्नु नै जटिल अवस्थाको रोग हो । ‘यो रोगको उपचार सम्भव भएको छ । उहाँको हड्डीमा पिप जमेको छ । हड्डी नै नष्ट भएको हुन सक्छ’ उनले भने । उनले शल्यक्रिया गर्नु पर्ने पनि बताए । आर्थिक अवस्था नाजुक भएका चन्द्रको आइसोलेसन वार्डको बेड चार्ज तथा खानाको व्यावस्था अस्पतालले नै गरेको छ । एक साताको अवधिमा दुई साना अपे्रसन भइसकेका छन् ।

उनी पूर्ण निको हुनको लागि ठुलै अप्रेसन आवश्यक छ । जुन अस्पतालले धान्ने अवस्था छैन भनेको चन्द्रका दाई पदमले बताए । आफ्नो घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएका कारण थप उपचारको लागि पैसा छैन । अस्पतालले उनको उपचारको लागि तीन लाख रुपैयाँ लाग्ने र रुपैयाँ जम्मा गरेमा अबको दुई महिनामा उनको अवस्था सामान्य हुने बताएको छ । यस्तै राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले चन्द्रबहादुर राजीको उपचारको लागि सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् । उनका अनुसार समाजले उनको उपचारको लागि आर्थिक संकलन अभियान नै थालेको छ । उनले कसैले सहयोग गर्न चाहेमा संस्थाको खाता नम्बर राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती नम्बर ८४६६ रहेका पैसा जम्मा गर्न सकिने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २१ गते आइतबार