बाँके जिल्लामा सञ्चालनमा रहेका २४ वटा क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको जिल्ला समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा रहेका २७ क्रसर उद्योगमध्ये तीन वटाको मात्रै मापदण्ड पुगेको पाइएपछि अरुलाई बन्द गर्ने निर्णय गरिएको बताइएको छ । बैठकले लाईसेन्स नभएका, रिन्यू नभएका, मापदण्ड नपुगेका क्रसर उद्योगलाई बन्द गराउने निर्णय गरेको थियो ।
यो निर्णय आइतबारबाट नै लागू हुनेछ । बैठकले मापदण्ड नपुगेका क्रसर उद्योगले स्टक राखेका नदीजन्य पदार्थलाई जफत गरिने निर्णय समेत गरेको छ ।
जिल्ला अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला जिल्लास्थित प्रमुख, घरेलु कार्यालय, वन, नापी र मालपोत कार्यालयका अधिकृतहरु सदस्य हुन्छन् ।
प्रकाशित मिति : २०७७ असार १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्