कोहलपुरमा मेडिकल कलेजमा फेरी उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि



कोहलपुर :

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्युकी कैलालीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टाउकोमा रगत जमेको भन्दै मंगलबार थप उपचारको लागि कोहलपुर ल्याइएकी ति महिलाको मंगलबार नै उपचारको क्रममा मृत्यु भएको स्रोतले बतायो ।

कोरोना आशंकामा उनको स्वाब परिक्षण गरिएको र बुधबार साँझ मात्रै रिर्पाट पोजेटिभ आएको हो ।

४३ वर्षीय ती महिला कैलालीको लम्कीचुहा नगरपालिका २ निवासी हुन् । उनको शव अहिले शव दाह गृहमा राखिएको छ । यस अघि सोमबार मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा कोरोना पुष्टि भएको थियो ।

उनी पनि उपचारको लागि जेष्ठ ३० गते अस्पताल भर्ना भएकी थिइन् । भने उत्त,अस्पाताल मै उपचाररत रुकुम पश्चिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संख्या बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

ती मध्ये दुई जना बाँके र हुन भने एक जना कैलालीकी हुन् । यस अघि पहिला पटक नरैनापुरका एक युवकको कोरोनाका कारण मृत्यु भएको थियो । तीन जनामा मृत्यु पछि कोरोना पुष्टि भएको हो । उनको मृत्युको विषयमा मेडिकल कलेज प्रशासनले केही बोलेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ३ गते बुधबार