कोहलपुर ।
बाँकेको कोहलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भेरी अस्पतालमा रहेको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोहलपुर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोहलपुर २ का १९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।
मंगलबार थपिएका एक जनासहित कोहलपुरमा कोरोना संक्रमितको संख्या ५ जना पुगिसकेको छ ।
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्