अगैयाको पुलबाट खस्यो टयाक्टर



कोहलपुर ।

बाँकेको अगैयामा रहेको पुलबाट सोमबार दिउँसो ट्रयाक्टर राप्ती नदिमा खस्दा दुई जना बेपत्ता भएका छन् ।

सिक्टा सिचाई आयोजनाको बाँधमा रहेको पुलबाट ट्रयाक्टर आयोजनाको ड्याममा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियंत्रित भर्इ खस्दा चालक सहित २ जना वेपत्ता भएका छ्न् । वेपत्ता हुनेमा राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षिय सुनिल थारु र सोही ठाउँका अर्का नाम नखुलेका १ जना रहेको स्थानीयले जनाएका छन् ।

उनीहरुले अहिले खोजी भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार