नेपालगञ्ज ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि दुई सिफ्टमा आफ्नो सेवा दिने भएको छ ।
आईतबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले असार १ देखी २१ गतेसम्म बिहान र साँझ गरी दुई सिफ्टमा कार्यालय संचालन गर्ने जनाएको हो ।
पहिलो सिफ्टमा बिहान ८ बजेदेखी दिनको १ बजेसम्म र दोस्रो सिफ्टमा दिनको १ बजेदेखी बेलुका ६ बजेसम्म प्रशासन कार्यालय खुल्ला रहने बताईएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयमा अबदेखी टोक्कन सिस्टम लागु गरीने भएको छ । जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न चाहने ब्यक्तिले अनिवार्य रुपमा टोक्कन लिनुपर्ने सूचनामा उल्लेख गरीएको छ ।
साथै सेवाग्राहीहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, कार्यालय परिसरमा रहेको साबुन पानीले हात धुनुपर्ने, साधाजिक दुरी कायम राख्नुपर्ने नियम लागु गरीएको छ ।
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्