कोहलपुर :
बाँकेमा कोहलपुरमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजे सम्म टाउन प्लानिङ क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्र्तगत टाउन प्लानिङ क्षेत्रमा नयाँ निर्मित विद्युत वितरण तथा प्रसारण लाइनमा विद्युत प्रवाह गर्नु पर्ने भएकोे विद्युत अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्दले एक सूचना जारी गर्दै कोहलपुर फिडर अन्तर्गत पर्ने एन.टि.भि रोड, आयामनगर, रझेना गाउँ लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाएको छ ।
यस्तै प्राधिकरणले नयाँ विद्युत प्रवाह गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा विद्युतका तार नछुन पनि सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
शनिबार दिनभर सेवाग्राहीहरुमा पर्न गएको असुविधामा क्षमा समेत मागिरहेको छ ।
प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्