मेडिकल कलेज कोहलपुरका डाक्टरसहित १४ जना क्वारेन्टिनमा



बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टर, नर्सिङ कर्मचारी र सहयोगी गरी १४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

मंगलबार बिहान अछामबाट रिफर गरिएकी एक महिलामा स्वाब परीक्षणको क्रममा कोरोना पुष्टि भएको थियो ।

२५ वर्षिय गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उनको उपचारमा संग्लन डाक्टर, नर्स तथा सहयोगीहरुलाई क्वारेन्टिनमा राखिएको हो ।

‘उपचारमा आएकी गर्भवती महिलामा कोरोना पुष्टि भएपछि १४ जनालाई क्वारेन्टिनमा राखेका छौं’ अस्पतालका एक डाक्टरले मिसन टुडेसँग भने, ‘अन्य डाक्टरहरुले सुरक्षा सावधानी अपनाएर आन्द्रा बेटारिएको अवस्थामा रहेकी गर्भवतीको अप्रेशन गर्ने तयारी गर्नुभएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २७ गते मंगलबार