कोहलपुर :
ईलेक्ट्रोनिक्स तथ मोबाइल व्यवसायी संघ बाँकेले रुखको हांगाबाट घाइतेका भएका कमल शाहीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
हाल काठमाडौँस्थित टिचिङ हस्पिटल उपचारत शाहीको उपचारको लागि सहयोग होस भन्ने उद्देश्यले संघले आर्थिक सहयोग गरेको हो । संघका पदाधिकारी तथा सदस्यहरुले आ–आफ्नो तर्फ रुपैयाँ संकलन गरेको शाहीको उपचारको लागि कुल ३६ हजार २ सय ५६ रुपैयाँ सहयोग गरेका हुन् ।
संघका अध्यक्ष रमणी शर्माले शाहीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौँमा उपचाररत घाइते शाही ईलेक्ट्रोनिक्स तथ मोबाइल व्यवसायी संघ बाँकेका कार्यसमिति सदस्य केशब शाहीका भाई हुन् । उनले अझै सहयोग जम्मा भइरहेको भन्दै उनको उपचारको लागि आवश्यक सहयोगको लागि सबै सँग अपिल गरे ।
‘शाही टाउकोमा चोट लागेर घाइते भएपछि कोहलपुरमा पाँच दिन राखिएको थियो । तर यहाँ उपचार सम्भव भएन ।त्यस पछि उनलाई हेलिकप्टरमा लगिएको हो ।हामीले सस्थागत तथा व्यक्तिगत रुपमा पनि उनलाई सहयोग गरेका छौ । ’अध्यक्ष शर्माले भने ।
उनलाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरुले मेगा बंैक शाखा कोहलपुरमा पदम बहादुर शाहीको नाममा रहेको ०७३०००५००१७३२९ मा सहयोग गर्ने सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्