कोहलपुर :
सोमबार थप कोरोना संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएको पाइएको छ । गाउँपालिकामा अहिले ७ सय ५९ जना क्वारेन्टाइनमा छन् । उनीहरु सबै भारतका दिल्ली र मुम्बई लगायतका सहरबाट आएको गाउँपालिकाले जनाएको हो ।
आइतबार मात्र नरैनापुरका ५ का एक युवकको कोरोना सै कारण मृत्यु भएको थियो । यस अघि पनि पहिलो पटक ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सोमबार थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।
ती मध्ये एक जना महिला छन् । वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मोर्यका अनुसार ठूलो संख्यामा कोरोना भेटिएसँगै नरैनापुरलाई थप त्रसित बनाएको छ । आफ्नो गाउँपालिका कोरोनाको हटस्पट जस्तै बनेको उनले बताए ।
अब झन उच्च सर्तकता अपनाउनु पर्ने अवस्था आएको उनको भनाई थियो । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्