विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो सिमा क्षेत्रमा कडाई गरेको छ । नेपालमा शुक्रबारसम्म १ सय १ जना कोरोना संक्रमण पुष्टी भइसकेको अवस्था छ । छिमेकी पालिका नेपालगञ्जमा समेत २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । राज्यका सबै निकायहरु कोरोना भाइरस रोकथामको लागि लागिरहेका छन् । यसै बिषयमा वडास्तरमा के कस्ता प्रयासहरु भइरहेका छन् भनेर मिसन संवाददाता डिल्ली शाहीले कोहलपुर नगरपालिका वडा नम्बर ३ अध्यक्ष माधव रिजालसँग कुराकानी गरेका छन् । 
१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडामा के कस्ता कार्यहरु भइरहेका
छन् ?
- कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिन नदिनको लागि सरकारले घोषणा गरेकोे लकडाउन प्रभावकारीका साथ पालना गराईराखेका छौं । वडा कार्यालयबाट घर बाहिर ननिस्किनका लागि माकिङ्ग गरी रहेका छौं । स्वयमसेवक र प्राथामिक स्वास्थ्य कर्मीको समिति निर्माण गरी वडामा खटाएका छौं । अर्को हामीले के गरी रहेका छौं, भने किसानहरुलाई आफ्नो खेतबारीमा कृर्षीजन्य उत्पादनमा खटिनुहोस् भनेका छौं । किनभने आफ्नो करेसाबारीमा उत्पादन भएपछि अन्य बजारमा तरकारीहरु त ल्याउन जानुपर्दैन ।
२. कोरोना संक्रमण फैलिएका क्षेत्रबाट तपाईको वडामा लुकिछिपी वडाहरुमा प्रवेश गर्न सक्ने सम्भावना देखिन्छ । यसलाई कसरी नियाल्नुभएको छ ?
- हाम्रो वडामा अहिलेसम्म लुकीछिपी आएको देखिदैन । लकडाउनको समयमा कोरोना क्षेत्रबाट दुई जना व्यक्तिहरु आएका थिए । उनीहरुलाई क्वारेन्टीनमा १५ दिनसम्म राखेपछि आफ्नो वडामा ल्याएका छौं । वडा कार्यालयबाट स्वयम्सेवीकाहरुलाई विदेश र भारत गएका व्यक्तिहरुको नाम दिएर टोल टोलमा खटाएका छौं । अहिले स्थानीयहरुले पनि यदी कुनै कोरोना क्षेत्रबाट आएका व्यक्ति छन् भने वडाबासीहरुले फोन मार्फत जानकारी दिइराख्नुभएको छ ।
३. तपाईको वडाबाट कति घरपरिवारलाई राहत वितरण गर्नुभयो ?
- हामीले पहिलो पटक ३ सय ५० जना घरपरिवारलाई राहात वितरण गरिसकेका छौं । पहिलो चरणमा राहत वितरण गर्दा नगरपालिकाले कुनै मापदण्ड नबनाएकोले समस्या भएको थियो । मापदण्ड बनाएपछि समस्या आएको छैन । अहिले हामीले चुलो बन्द भएकोलाई पहिलो प्राथामिकतामा राखेका छौं । हाम्रो सहयोग विना चुलो बल्दैन र दैनिक मजदुर गरी खान्छ भने त्यस्ता व्यक्तिलाई राहत दिने गरेका छौं । फेरी दोस्रो चरणमा १८ जना घरपरिवारलाई राहत वितरण गर्दैछौं ।
४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाइको वडामा के छ ?
- हो, गुनासा आएका छन्, बिहान राहत लिनुहुन्छ अनी दिउँसो खसीको मासु खानुहुन्छ । मोटो चामल भयो भनी भैसीलाई दिनुहुन्छ । तर उता जसको घरमा हामीले राहत नदिए चुलो बल्दैन त्यो भने आँखाबाट आसु झारेर बसीरहेको हुन्छ । नेपाल सरकारले दिएको राहत हो सबैले पाउनुपर्दछ भन्ने गलत प्रवृतिले गर्दा यस्तो समस्या आएको छ । यहाँ जति गुनासाहरु आएका छन् उनीहरु पुजिँपति, हुनेखाने वर्गहरुले झगडा गर्ने समेत व्यवहार गरेका छन् तर मजदुर, छाकटानै धौ–धौ भएका मानिसहरुले भने बोल्न सक्दैनन् । दैनिक ज्याला मजदुरीको लागि राहत दिने हो । अहिले हामीले राहत लिने व्यक्तिको सम्पर्क नम्बर लिन्छौ । आवश्यक परेको खण्डमा वडा कार्यालयको विकासको काममा लगाउने छौंं । अन्यथा राहत उपलब्ध गराउने छैनौ ।
५. लकडाउनका कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि नहुँदा खेतबारीमै कुहिने अवस्था आएको छ । वडा कार्यालयले कृषकको लागि के गरिरहेको छ ?
- हाम्रो वडामा कुनै पनि कृषकको उत्पादन खेतबारीमा कुहिएको अवस्था छैनन् । भएको तरकारीहरु पनि खपत भैरहेको छ । यसलाई भविष्यमा अझै बलियो बनाउन नयाँ
रणनिती लिएका छौं । यो रणनीतीलाई पनि नगरपालिकाको पास गरीसकेको अवस्था छ । तरकारी उत्पादन गर्नेका लागि विउविजन दिन्छौं र १५ दिने सूचना निकाल्छौं । जग्गाधनीहरु १५ दिनभित्र निवेदन दिनुपर्ने छ । कृषीजन्य बस्तुहरुको उत्पादन गर्नुपर्नेछ र त्यसको व्यवस्थापन वडा कार्यालय र नगरपालिकाले गर्नेछ । कृर्षी क्षेत्रको दिर्घकालीन रुपमा विकास हुने छ ।
६. अत्यमा वडाबासीलाई के भन्न चाहानुहुन्छ ?
अहिले विश्वमा नै कोरोना भाइरस (कोभिड—१९) को महामारी फैलिएको छ । नेपाल पनि अछुतो हुन सकेको छैन । नेपाल सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेको लकडाउनको पूर्ण रुपमा पालना गरौं । यो लकडाउनले तिमी आफु निर्भर हौं अरुको निर्भरमा बाँच्न सकिदैन भन्ने सकारात्मक सन्देश सिकाएको छ । हरेक नागरिकलाई आत्मनिर्भर बनाउन जरुरी देखिएको छ । वडाबासीहरुलाई केही समस्या भएको खण्डमा वडा कार्यालयमा सम्पर्क गरी यहाँहरुको दुःख सुखमा साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्न चाहान्छु ।








प्रतिक्रिया दिनुहोस्