बाघको आक्रमणबाट घाइते



कोहलपुर ।

बाघको आक्रमणमा परेर एक पुरुष घाइते भएक छन् । जिल्लाको गेरुवा गाउँपालिका वडा नं ४ का ६५ वर्षीय मायाराम खनाल पाटेबाघको आक्रमणमा परि घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघको आक्रमणबाट घाइते भएका खनालको शरिरमा जहातहै घाउ लागेको बताइएको छ ।

भैसी चराउन निकुञ्ज छेवैँको सामुदायिक वनमा गएको बेला बाघले उनलाई आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

सामुदायिक वन क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । वन छेवैँको खोलामा भैसीले पानी खाइरहेकै बेला खनाललाई एक्कासी बाघ आक्रमण गरेको बताइएको छ । घाइते खनाललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको निकुञ्जले जनाएको छ । बाघको आक्रमणमा परि घाइते भएका खनाल वडा नं ४ का वडा सदस्य हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २६ गते शुक्रबार