कोहलपुर ।
बाँकेको कोहलपुरमा एक युवाको समूहले लकडाउनमा जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी र बृद्धबृद्धाहरुलाई सहयोग गरेको छ । कोहलपुरमा केही समय अघि देखि सामाजिक कार्य गर्दै आएका निश्चल विक्रम शाहको अगुवाईमा पाँच जनाको टोलीले उनीहरुलाई निःशुल्क रुपमा विभिन्न सामग्री प्रदान गरेको हो ।
बाँकेको बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी र बाटोमा हिडिरहेका बटुवाहरुलाई प्रतिव्यक्ति मास्क, पानीको बोतल र चाउचाउ सहयोग गरिएको वितरण गरिएकोे उनले बताए । उनका अनुसार बानियाँबार, कौशिलानगर, चौराहा, न्युरोड, एनटिभि रोड, साँझा चोधक, विद्युत् रोडदेखि हाईस्कुल सम्मको दुरीमा खटिएका प्रहरी र बाटोमा यात्रा गरिरहेका ६० जना भन्दा बढीलाई सहयोग गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बृद्धबृद्धाहरुलाई सहयोग गरिएको हो । मास्क २ सय वटा, ६ पेटी पानी र तीन पेटी चाउचाउ वितरण गरिएको शाहले जानकारी दिए । ‘व्यक्तिगत खर्चमा सुरक्षाकर्मीलाई केही सहयोग होस भनेर सहयोग गरेका हौं, बाटोमा मास्क बिना हिडिरहेकाहरुको सुरक्षाको लागि पनि प्रदान गरिएको हो । यो हामीले पाँच जनाले रुपैयाँ उठाएर सहयोग गरेका हौँ’ मिसन टुडेसँगको कुराकानीमा उनले भने । शाहसँगै सौगातजंग शाही, सिजन श्रेष्ठ, धिरज ताम्राकार र दीपक थापाले यस्तो सहयोग प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्